नेपालगञ्ज, ०१ मंसिर/ आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ बाँकेले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।
मतदाताहरुको घरदैलोमा पुगेर मत माग्दै उम्मेदवारहरुलाई विजय गराउन अनुरोध गरेको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादव बताएका समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले क्षेत्र नं. २ को संवृद्धिको लागि बाम गठबन्धनको विकल्प नभएकोले आफ्ना उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह गरे ।
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगन्ज–४ का साथै नेपालगन्ज–२१ को पुरैनीमा घरदैलो अभियान संचालन गरेका हुन् । घरदैलोमा संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादव, संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सह–संयोजक निरक गुरुङ लगायतका संयुक्त वाम गठबन्धनका नेता कार्यकर्ताहरुले घरघरमा पुगेर मतदातासँग मत मागेका थिए ।
छन् । संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरु मतदाताको घरदैलोसम्म चुनावी एजेन्डा बोकेर मत माग्न लागेका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा वाम गठबन्धनका उम्मदवारहरुलाई भ्याईनभ्याई भएको छ । Sadarlinae
बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्रले र क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार विजयकुमार गुप्ताले संयुक्तरुपमा बिहीबार नेपालगन्जको वडा नं. ४ मा पर्ने सल्यानी बंगला, घोसीटोल, बसपार्क लगायतका क्षेत्रमा चुनावी एजेण्डा सहित घरदैलो गरेका छन् । घरदैलोपछि संयुक्त वाम गठबन्धनको क्षेत्र नं. २ स्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उम्मेदवारहरु घरदैलोमा निस्किएका थिए ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादवले वाम गठबन्धनलाई मत दिन नेपालगन्जबासीलाई आग्रह गरेका छन् । बाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थायी सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा विकास हुने बताउँदै संयोजक यादवले नेपालगन्ज–४ का मतदाताहरुसँग मत मागेका थिए ।








प्रतिक्रिया दिनुहोस्