बर्दिया, ०१ मंसिर/ नेपाली कांग्रेसले चुनाव प्रसारप्रसारका लागि बांसगढी नगरपालिका वडा नं ८ लक्ष्मणामा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बिहिबार स्थापना गरिएको सम्पर्क कार्यालयको नेपाली कांग्रेसका महासमिति सदस्य एंव प्रदेश सभा १ को ‘क’ का उम्मेदवार सोदे बिष्ट उद्घाटन गरेका हुन् ।
कार्यालय उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दे महासमिति सदस्य एंव प्रदेश सभा उम्मेदवार बिष्टले नेपाली काँग्रेस दलित, मुक्तकमैया, थारु, आदिवासी, जनजाति, खस आर्य, हिमाल, पहाड,तराई, मधेश सबैको पार्टी भएकोले नेपाल र नेपालीको सम्पुर्णको विकासको लागि मंसिर २१ को निर्वाचनमा रुखमा मतदान गरि कंग्रेसलाई जिताउन सबैलाई आग्रह गरे ।
प्रकाशित मिति : २०७४ मंसिर १ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्