कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.धु्रबकुमार गौतमले कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसको नवनिर्मित साइन्स एन्ड टेक्नोलोजी भवनको उद्घाटन गरेका छन् । शुक्रबार क्याम्पसको ३३औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उपकुलपति डा.गौतमले भवनको पनि उद्घाटन गरेका हुन् ।
डा.गौतमले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । भौतिकरूपमा क्याम्पस राम्रो रहेकाले आगामी दिनहरूमा अन्य कार्यक्रमहरू सञ्चालन गर्न सकिने उनले बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गौतमले विगतका दिनदेखि नै प्राध्यापक र कर्मचारीहरू बीचको समस्या रहँदै आएकाले त्यसको समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाए ।
पाठ्यक्रम परिमार्जन तथा सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो । मध्यपश्चिम विश्वविद्यालयमा क्याम्पस उत्कृष्ट रहेको बताए । भौतिक पूर्वाधार सुविधा सम्पन्न रहेकाले आर्थिक रूपमा सवल भए क्याम्पसमा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने जानकारी दिए ।
कोहलपुरका शिक्षाप्रेमी र समाजसेवीले सञ्चालनमा ल्याएको क्याम्पस पब्लिक हुँदै अहिले आंगिक बन्न सफल भएको क्याम्पस प्रमुख दानबहादुर हमालले बताए । उनका अनुसार सबैको साथ सहयोगले पछिल्लो समय पश्चिम क्षेत्रको धरोहरका रूपमा क्याम्पस रहेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्