कांग्रेस संस्थापनले अनिता बिन्दुलाई दियो युनियन अध्यक्षको टिकट



काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुलाई उठाउने भएको छ। नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत रहेकी उनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो।

स्रोतका अनुसार अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ। त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन्।

अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन्। त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ।

युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन्। त्यसैगरी लम्सालसँगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार