नरैनापुरमा एक किशोरीमाथि जबरजस्ती करणी, भेरी अस्पतालमा उपचार चल्दै



नेपालगन्ज ।

बाँकेको नरैनापुर गाउँपालिकामा एक किशोरी आफ्नै घरमा जबरजस्ती करणीमा परेकी छन् । नरैनापुर एक किशोरीमाथि जबरजस्ती करणी भएको सूचनापछि प्रहरीले किशोरीलाई उद्दार गरी उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ती युवतीमा रक्तश्राव भइरहेको पाइएपछि तत्काल भेरी अस्पताल नेपालगन्जमा पु¥याएर उपचारका लागि भर्ना गरिएको हो । किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भनेर आरोप लगाएपछि स्थानीय एक पुरुष (जगतबहादुर तेली)लाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घरमै रहेका बेला शनिबार अपरान्ह किशोरीमाथि जबरजस्ती करणी भएको सूचना आएको प्रहरीको भनाइ छ । उक्त घटनापछि फरार रहेका आरोपी पुरुषलाई शनिबार साँझै नियन्त्रणमा लिइसकेको बाँके प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार