धनगढी :मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरू भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आश्रमको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी छ । आइतबार कथा वाचनको चौथौ दिन महायज्ञमा २० लाख ५१ हजार २ सय १२ रूपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ ।
कथा वाचनको चौथौ दिन आइतबार महायज्ञमा सहभागी हुँदै दशरथचन्द नगरपालिका–४, खलङ्गा बैतडी निवासी मञ्जु केसीले स्वर्गीय मातापिताको स्मृतिमा आश्रमको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान गरेकी छिन् । धनगढी उपमहानगरपालिका–४, कैलाली निवासी सिताराम अवस्थीले भवन निर्माणका लागि ३१ हजार २ सय ४५ रूपैयाँ योगदान गरे ।
त्यस्तै धनगढी उपमहानगरपालिका–५, कैलाली निवासी काशीनाथ भट्टले स्वर्गीय छोराको स्मृतिमा भवन निर्माण सहयोगार्थ २५ हजार ५ सय २५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–१, कैलालीका सन्त निरकारी मण्डल नेपाल सत्संग भवन धनगढी परिवारद्वारा भवन निर्माण सहयोगार्थ १७ हजार ४ सय प्रदान गरेका छन् ।
धनगढी –४ निवासी मन्जुले भवन निर्माणमा १५ हजार ५ सय ५१ रूपैयाँ, धनगढी –१ निवासी शेरबहादुर बस्नेतले १५ हजार ५ सय ५ रूपैयाँ, धनगढी –४ निवासी सुरेन्द्रप्रसाद भट्टले १५ हजार ५ सय ५५ रूपैयाँ, दशरथ भट्ट र बिमलादेवी भट्टले ५ हजार १ सय ५५ रूपैयाँ, लक्ष्मण भट्टले ५ हजार ५ रूपैयाँ, विरबहादुर महताले रु ५ हजार १ सय ५ रूपैयाँ, ओम प्रकाश बास्तोलाले ५ हजार १ सय ५१ रूपैयाँ, मनिराज पाण्डेले ५ हजार १ सय ५ रूपैयाँ प्रदान गरेका छन् ।
त्यसैगरी शिवराज उप्रेतीले ५ हजार २ सय ५५ रूपैयाँ, नरेन्द्र शाही र नरिन्ता शाहीले ५ हजार ५ सय ५५ रूपैयाँ, पारुदेवी कुँवरले ५ हजार ५ रूपैयाँ, काशीराम बिष्ट र भद्रकाली ट्रेडर्सले ५ हजार १ सय रूपैयाँ, रुरुक्षेत्र गाउँपालिका लामाखर्क गुल्मी निवासी इश्वरीप्रसाद ज्ञवालीले १५ हजार ५ सय ५५ रूपैयाँ, कैलाली मोडेलका शिक्षक दिपक पुजाराले भवन निर्माणका लागि एकबोरा सिमेन्ट इट्टा योगदान स्वरूप १ हजार ५ रूपैयाँ, साँफेबगर नगरपालिका–३, अछाम निवासी नयाँ कुँवर र नर्मदा कुँवरले ५ हजार ५५ रूपैयाँ योगदान गरेका छन् ।
माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।









प्रतिक्रिया दिनुहोस्