समयसँगै कोल्टे फेर्दै हुलाक सेवा



कोहलपुर, जिल्ला हुकाल कार्यालय नेपालगन्जले एक दिने बैंक तथा वित्तीय संस्था र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कोहलपुरमा ‘सस्तो र भरपर्दाे द्रूत डाँक सेवा इएमएसको प्रयोग गरौँ’ भन्ने मुल नाराका साथ एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द पाण्डेले कुरियरभन्दा हुलाक सेवा विश्वसनीय रहेको बताए । नेपालमा मात्र नभइ विदेशमा पनि हुलाक कार्यालयले समयमै र शुरक्षित तरिकाले गन्तव्य स्थलमा पु¥याइदिने उनको भनाइ थियो ।

कुनै समयको भरपर्दाे सूचना आदानप्रदान गर्ने माध्यम अहिले समय अनुसार विस्तारै परिवर्तन भइ चिठ्ठी मात्र नभई अन्य कुराहरुपनि सेवा प्रदान गर्ने गरेको उनले जानकारी दिए । ‘हुलाक सेवाबाट सामान पठाउँदा सस्तो र भरपर्दाेका साथै समयमै सामान गन्तव्य स्थानमा पुग्छ ।’ उनले भने, ‘सामान कुरिएर गर्दा पैसा पनि धेरै लाग्छ, कहिले हराउनुका साथै घरसम्म पुग्दैन्, त्यसैले हुलाक सेवा सहजका साथै प्रभावकारी पनि बन्दै गएको छ ।’

समय अनुसार अहिले प्रेस प्रतिनिधि पास नवीकरण, एफएम तथा केवलको नवीकरण, लोक कल्याणकारी विज्ञापनको व्यवस्थापन र हुलाक टिकट व्यवस्थापन लगायतका काम कार्यालयले गर्दै आएको उनले बताए । पुरानै शैलीमा नभइ समय अनुसार अहिले हुलाक सेवाले पनि कोल्टे फेर्दै आएको उनको भनाइ थियो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नेतृत्वको बारेमा प्रकाश पारेका थिए । उनले नेतृत्व सही र सक्षम भए कुनै पनि संघ संस्थाको विकास गर्न गाह्रो नहुने बताए । उनले नेतृत्वमा हुनुपर्ने गुणको बारेमा समेत जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार