माघेसंक्रान्ति किन र कसरी मनाउने ?



माघेसंक्रान्तिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामीण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाँडीचुँडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ । तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रूपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ ।

जाडो सिजन उत्कर्षमा छ । कतै हिमपात भइरहेको छ, कतै कठ्याग्रिने चिसो छ । ठिक यही मेसोमा हामी माघेसंक्रान्ति मनाउँछौं । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी ।

माघे संक्रान्ति किन मनाइन्छ त ?

हाम्रा पुर्खाहरूले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघेसंक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।

माघेसंक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्छ ।

माघेसंक्रान्तिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामीण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाँडीचुँडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रूपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमूल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमूल खानु निकै उपयोगी हुन्छ ।

यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।

माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपि हामी माघेसंक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकि जाडो याममा नियमित रूपमा कन्दमूल, चाकु, तिीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।
माघेसंक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचँुडी खाने हो ।

खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पु¥याउने चलन छ । सम्भवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँडीचुँडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरू बेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार