बर्दिया ।
कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) शाखा कार्यालय बर्दियाको १०औँ वार्षिक साधारण सभा बर्दियाको बाँसगढीमा सम्पन्न भएको छ । साधारण सभासँगै भएको पाँचौँ अधिवेशनले यसअघिका कोषाध्यक्ष दिलबहादुर चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाका अध्यक्ष सूर्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष धु्रवराज शर्मा, प्रदेश उपाध्यक्ष नारायण खनाल, क्यान महासंघका संस्थापक प्रसान्त टण्डनलगायतको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद थारू, सचिवमा क्षितिज पौडेल, सहसचिवमा रामप्यारे थारू र कोषाध्यक्षमा शंकर प्याकुरेल रहेका छन् । सदस्यहरूमा गणेश खनाल, पवन पोख्रेल, भगवती पौडेल, कृष्ण सोडारी, दुर्गाप्रसाद चौधरी र श्याम जेस्वाल रहेका छन् । त्यस्तै सभाले केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधितर्फ गोपाल निरौला र सूर्य केसीलाई सिफारिस गरेको छ ।
कार्यक्रममा कोषाध्यक्ष दिलबहादुर चौधरीले आयव्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जुन आम्दानी तर्फ ४३ हजार २ सय ५० रुपैँया र खर्चतर्फ ३३ हजार ९ सय रुपैँयाबराबर खर्च भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्