तीन महिनामा आयात र निर्यात घट्यो



बाँके ।

चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपालको आयात–निर्यातमा नै कमी आएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको हो ।

गत वर्षको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

त्यसैगरी, नेपालबाट विदेशी मुलुकमा चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

पछिल्लो तीन महिनाको नेपालको अन्य मुलुकसँगको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तीन महिनाको तुलनमा भने व्यापार घाटा ३.९६ प्रतिशतले कमी आएको हो । गत वर्षको तीन महिनामा नेपालको व्यापारघाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ९ गते शुक्रबार