पिकनिक लागि आकर्षक बन्दै कोहलपुर पार्क



कविन्द्र परियार, कोहलपुर, १० कार्तिक / सिद्धिविनायक ग्रामीण सामुदायिक वन व्यवस्थित कोहलपुर पार्क पछिल्लो समयमा पिकनिक जाने आकर्षक स्थानको रुपमा चिनिन थालेको छ ।
एकान्त र रमणीय वातावरणका कारण कोहलपुर पार्क आकर्षणको केन्द्र बन्दै बनेको छ । चारैतिर हरियाली वातावरण तथा उद्यान पकिनिक निकै राम्रो भएको  पिकनिक आएकी लक्ष्मी थापाले बताइन् । त्यस्तै किरणनालाका समाजसेवी झगु गिरीले पिकनिकका लागि अब ढकेरी पार्क तथा टिकापुर जान नपर्ने बताए । ति पार्क सबै सुविधा यहाँ पनि छन् । त्यती टाढा किन जानु प¥यो । उनले भने । अर्का सहभागी कमल खनालले कोहलपुर यस्तो पार्क हुनु भनेको गोरवको कुरा भएको बताए । यसलाई हामीले मध्य तथा सुदुरपश्चिमकै नमुना पार्क भएको देख्नेछौं उनले भने पछिल्लो समयमा कोहलपुर पार्कमा दैनिक ७ देखि ८ वटा सम्म पिकनिक आउने गरेको पार्क  समितिले जनाएको छ ।
पिकनिक पार्कमा ४ वटा आकर्षक गोलघर, गार्डेन बेन्च, फुलसहितका गार्डेन, तथा आटोमेटीक बोरिङ्गबाट शुद्ध पिउने पानीको समेत व्यवस्था मिलाएको पिकनिक निमार्ण समितिका
संयोजक यज्ञ बहादुर महराले  बताए । पार्कमा व्यवस्थित पाकिङ्ग र बालबालिकाहरुका लागि चिप्लेटी तथा मौलिक पिङको व्यवस्था समेत निमार्ण गरिएको छ । जिल्ला वन  र्यालयबाट ८ लाख, पर्यटन कार्यालय कोहलपुरको १० लाख तथा पर्यटन बोर्डको ५ लाख निमार्ण गरिएको उक्त पार्कमा रातोभाले  होमस्टे समेत संचालन गरिएको छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको उत्तर तर्फ रहेको पार्कमा त्यहा रहेका बाँसै बाँसले थप सुन्दरता थपेका  छन् । पार्कमा व्यक्तिगत २५ र सामुहिक २५० प्रवेश शुल्क निर्धारणा गरिएको छ । पार्कमा आ.व. २०७४÷०७५ स्वीमिङ्ग पुल तथा प्रवेशद्वारा लगायतका पुर्वाधारहरु निमार्ण गर्ने योजना रहेको समिति अध्यक्ष महराले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १० गते शुक्रबार