कोहलपुर, ७ कात्तिक/ आगामी मङ्सिर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनका लागि बाँकेमा क्षेत्र नम्बर १ मा सबैभन्दा बढि मतदाता रहेका छन । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका अनुसार कुल मतदाता दुईलाख ७६ हजार ७१८ रहेको छ ।
क्षेत्र नम्बर १ मा ९८ हजार ३२० मतदाता रहेका छन । बाँकेमा प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि ६ सिट रहेका छन । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४७ हजार १९ र प्रदेश २ मा ५१ हजार ३०१ मतदाता रहेका छन ।
क्षेत्रीय निर्वाचन अधिकारी बशन्तराज अधिकारीका अनुसार क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ मतदाता रहेका छन । क्षेत्र नम्बर १ को प्रदेश १ मा ४२ हजार २५ र प्रदेश २ मा ४० हजार ९२४ मतदाता रहेका छन ।
यसैगरी क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेका छन । क्षेत्र नम्बर ३ को प्रदेश १ मा ५१ हजार ११७ र प्रदेश २ मा ४४ हजार ३३२ मतदाता रहेको क्षेत्रीय निर्वाचन अधिकारी अधिकारीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटा तहमा गरी दुईलाख ४६ हजार १०३ मतदाता रहेका थिए । चारबर्षअघि सम्पन्न भएको संविधानसभा निर्वाचन–२०७० मा बाँकेमा दुईलाख ९ हजार १६९ मतदाता रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्