शुभकामना आदानप्रदान सम्पन्न



मिसन समाचारदाता, कोहलपुर, असोज ३०, विजया दशमी शुभदिपावली एवम् छठ पर्वको अवसरमा कोहलपुर उद्योग वाणिज्य संघले शनिबार कोहलपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोहलपुर क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि तथा उद्योगी व्यापारीबिच गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, उप–प्रमख सञ्जु कुमारी चौधरी, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्राई, मध्यपश्चिम ट्राफिक प्रहरीका प्रतिनिधि डिएसपी काली बहादुर के.सी, कोहलपुर ईलाका वन सेक्टरका सहायक वन अधिकृत मृगेन्द्र कुमार सरिफ, नमस्ते नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष केशव सापकोटा, राजश्व चुहावट नियन्त्रण कार्यलय कोहलपुरका डिएसपी
हस्त बहादुर गुरुङ्ग, कोहलपुर टेलिभिजनका अध्यक्ष दिलिप के.सी, कोहलपुर नगर विकास समितीका अध्यक्ष अवराज खड्का उद्योग वाणिज्य संघ प्रदेश नं ५ का सयोजक नरेन्द्र प्रसाद शर्मा, होटल व्यवसायी संघ बाँकेकी उपाध्यक्ष सिता कार्की, कोहलपुर उद्योग वाणिज्य संघकी महिला सदस्य अन्जना धिताल, संगीता सुवेदी लगायतको उपस्थिती रहेको थियो कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका सचिव तेजप्साद अधिकारीले गरेका थिए भने कार्यक्रम कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ५६ जनाको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २९ गते आइतबार