वित्तीय साक्षरता अभिमुखीकरण



कोहलपुर :  कोहलपुरमा एकदिने वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डेक नेपालद्धारा सञ्चालित फ्युचरमेकर्स  परियोजना अन्तर्गत एक दिने वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो ।

उक्त परियोजना स्ट्याण्डर चार्टर फाउण्डेसनको आर्थिक सहयोग र सविएम ग्लोबलसँगको साझेदारीमा बाँकेका दुई पालिका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालित छ ।

डेक नेपालका परियोजना संयोजक पारस विकका अनुसार पारिवारिक तथा व्यवसायिक वित्त परिचालन तथा व्यवस्थापन सम्बन्धी ज्ञान र सीप विकासका हेतुले सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

उनले तालिममा ५७ जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको बताए । मुख्य सहजकर्ताका रुपमा स्ट्याण्डर चार्टर बैंक नेपालका जगग्नाथ ढुंगेल, द्रोणप्रसाद आचार्य र सुदन प्रजापति रहेका थिए । सो कार्यक्रममा सांकेतिक दोभासेको व्यवस्था गरिएको थियो । परियोजनाले अपांगता भएका व्यक्तिहरुका विभिन्न सवालमा काम गरिरहेको डेक नेपालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार