सुर्खेत ।
रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासनका कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै रत्न राजमार्ग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा रातको समयमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो ।
आइतबार जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा सोमबार उत्रिएका थिए ।
सोमबार मात्र सुर्खेत प्रशासनले रातमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको थियो । प्रशासनकाअनुसार आइतरबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब तीन-चार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको हो ।
त्यसै विषयमा लिएर आफ्न्तले सोमबार बिहान ११ बजेदेखि आफन्तहरुले विभिन्न मागहरु राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए ।
प्रशासनमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जंगली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)लाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडि-पछाडि रही सञ्चालन गर्ने निर्णय गर्दै व्यवस्थाको लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ ।









प्रतिक्रिया दिनुहोस्