जुम्लामा बीमा कार्ड अनाधिकृत रुपमा प्रयोग



विजय रावत
जुम्ला,२८ असार : स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको मंगलबार संयुक्त रुपमा अनुगमन भएको छ । प्रतिष्ठानमा अर्को को नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको संख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक तथा जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए ।

उनले भने, प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बिमा कार्ड अनाधिकृत रूपमा प्रयोग गरेको पाइएको छ । अर्कोको नाममा प्रयोग गर्ने व्यतीलाई कानुनी कार्वाही देखि उपचारमा लागेको खर्चको सबै बिल आफै भुक्तानी गर्ने लगाएको छ । पहिलोपटक अनुगमन भएकोले धेरैलाई सचेत समेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जनस्वास्थ्य निरीक्षक रावतले जानकारी दिए ।

अर्कोको नाममा प्रयोग भएका बिमा कार्ड समेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रम देशकै नमुना कार्यक्रम भएतापनि बीमा गरेको व्यतीले पाउने सेवा अर्कोले पाउदा बीमा कार्यक्रम माथि प्रश्न उठ्ने गरेको यहाँका सरोकारवाला बताउँछन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल सुरक्षा निकाय लगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो ।
बोर्डका अनुसार जुम्ला जिल्लाभर करिब साठी हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्ड जुम्लाले जनाएको छ । पछिल्लो समयमा यहाँका कतिपय स्थानीय तहले पालिका भित्रका गरीब , एक महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा नि ः शुल्क गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २८ गते मंगलबार