अस्पताल जादै गरेको गाडी बाढीमा डुब्दा ६ जनाको मृत्यु



आइतबार, साउन २९, २०७४

मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताए ।

चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ ।झाँझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत डुबानमा परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ साउन २९ गते आइतबार