कोहलपुर, ७ असार / नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिने तीन जनालाई कारबाही सिफारिस गरेको छ । कोहलपुर नगरसमिति सदस्य पूर्ण बहादुर सुनार, पार्टीका संगठित सदस्यहरु सूर्यप्रसाद पराजुली र हरिहर खटिकलाई कारबाहीका लागि जिल्लामा सिफारिस गरेको हो ।
कोहलपुर नगर समिति अध्यक्ष तेजप्रसाद चापागाईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न जिल्ला समितिलाई सिफारिस गरेको उल्लेख छ ।
सुनार वडा नं. १४ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै सूर्यप्रसाद पराजुलीले वडा नं. ३ को अध्यक्षमा उम्मेदवारी दिएका छन् भने खटिकले वडा नं. १४ को सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति : २०७४ असार ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्