सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि



काठमाडौं ।

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दिउँसो साढे ३ बजेबाट मतदान गरिने भएको छ ।

सोमबार मतदान भएका स्थानहरूबाटै आज पनि मतदानको व्यवस्था मिलाइएको हुने निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार