विकास परिषद्को अध्यक्षमा पुनः मैनाली



कोहलपुर, ३ बैशाख /  राष्ट्रिय नागरिक विकास परिषद् नेपालको अध्यक्षमा पुनः विद्यासागर मैनाली निर्वाचित भएका छन् । शनिबार कोहलपुरमा भएको तेश्रो महाधिवेशनबाट मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । जसको बरिष्ठ उपाध्यक्षमा ललित पहाडी, महासचिवमा जयसिंह केसी, सचिव रोनिशराज गौतम र कोषाध्यक्षमा सुनिता बि.क. रहेका छन् । त्यस्तै सदस्यहरुमा आदित्य चौधरी, अब्दुल अजिद साई, सोभिसा पुन मगर र विष्णु यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटी संयोजक केशव रानाले जानकारी दिएको छ ।
त्यस्तै नयाँ कार्यसमितिले उपाध्यक्षमा मणि गैरे र सहसचिव अशोक भण्डारीलाई मनोनित गरेको छ । साथै प्रेस सल्लहाकारमा राम बहादुर रावत, महिला तथा बालबालिका विभाग प्रमुखमा बिमला पुनमगर, शिक्षा विभाग प्रमुखमा कमल चन्द, पिछडा विभाग प्रमुखमा पदम बहादुुर बैद्य, महिला तथा बालबालिका तथा असहाय नागरिक प्रमुखमा कुञ्जना योगीलाई समेत मनोनित गरिएको छ । यसअघि भएको उद्घाटन सत्रमा कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले मानव जातिको उत्थानका लागि परिषद्ले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ज ोड दिनुपर्ने
बताए । उनले मानवबीच चलिरहेको द्वन्द्वलाई न्यूनिकरण गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताए । कार्यक्रममा महिला नेतृ गोमा शाही, नेपाल पत्रकार महासंघ बाँके कोषाध्यक्ष केशव राना, क्रियाशिल पत्रकार समूहका अध्यक्ष निर्मल आचाय लगायत समाजसेवी, बुद्विजीवि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख ३ गते आइतबार