भेरीमा बैजनाथका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगन्ज ।

कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

बाँके बैजनाथका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । बैजनाथ गाउँपालिका वडा नम्बर ६ निवासी ४० वर्षीय पुरुषको सोमबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा यही असोज ९ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो ।

सोही दिन अस्पतालमा भर्ना भएका ति पुरुषको स्वास्थ्यमा कुनै सुधार नआएपछि मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रु बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १२ गते मंगलबार