बाँसगढीमा खुल्ला फुटबल प्रतियोगिता शुरु



मधुर पौडेल,बाँसगढी,

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ७ गौरिपारामा खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । बसन्त युवा कलब बसन्तपुर कल्बको आयोजनामा प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाकी नगर उप–प्रमुख सुष्मा चौधरीले ब्यानर पढेर प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दुई वटा उद्घाटन खेल भए ।पहिलो तथा उद्घाटन खेल शक्तिनगर युवा कलब र आयोजक बसन्तपुर युवा कल्ब बीच भएको थियो । प्रतियोगितामा आयोजक बसन्तपुरले २ गोल अन्तरले शक्तिनगरलाई हराउँदै विजयी शुरुवात गरेको हो । पहिलो दिन नै सम्पन्न कन्चनजङगा कोहलपुर र बालापुर फुटबल क्लब बीच भएको खेलमा बालापुर ४–० गोल अन्तरले विजयी भयो ।

उक्त उद्घाटन समारोहमा गैरे अफसेट प्रेसले आयोजक टिमलाई जर्सी सहयोग गरेको थियो । यस्तै युवा सन्जालका अध्यक्ष तथा युवा समाजसेवी एकनारायण अधिकारी ले आयोजक लाई १ फुटबल उपलब्ध गराएका थिए । प्रतियोगिताको मुख्य प्रायोजक ठाकुरजी मल्टिप्रोज प्रा. लि. भेरी ननगरपालिका वडा नम्बर १०, जाजरकोट रहेको छ । उप–मुख्य प्रायोजक ढकाल परिवार सरोज ढकाल रहेका छन । यस्तै प्रायोजकहरुमा अपिक मिनरल वाटर ईन्डस्ट्रिज बाँसगढी नगरपालिका वडा नम्बर ३ बर्दिया रहेको छ ।

यस्तै सह–प्रायोजकहरुमा गैरे अफसेट प्रेस कोहलपुर बाँके ,किसान अर्थ मुभर्स प्रा.लि. नेपालगञ्ज ,ब्राईट फ्युचर कम्प्युटर ईन्स्टिच्युट मैनापोखर,बर्दिया दहित टेर्डस कण्ठपुर ,बर्दिया जय भवानी निमार्ण सेवा ,कोहलपुर एचिभर्स कन्सल्टिङ सर्भिस रहेका छन। प्रतियोगितामा प्रथम हुनेले १०, हजार १ सय ११ रुपैयाँको साथमा शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय स्थान हासिल गर्ने टिमले ५ हजार ५ सय ५५ रुपैयाँको साथमा शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै तृतीय हुने टिमले २५ सय २५ रुपैयाँको साथमा शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज ३ वटा खेल हुने आयोजकले जनाएको छ । दोस्रो दिनको पहिलो खेल दाङपुर दमौली र मटरिया,दोस्रो खेल लक्ष्मणपुर र मुनालबस्ती र तेस्रो खेल गौरिपारा र माछागढ् कुईनेती हुने बसन्तपुर युवा क्लबका अध्यक्ष प्रदिप चापागाईले जानकारी दिए । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १२ गते शनिबार