सुनकाे मूल्य ताेलामा तीन सय रुपैयाँ घट्याे



काठमाडौँ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ रहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १२ गते मंगलबार