नेपालगञ्ज ।
नेपालगञ्ज-पोखरा उडान हुने भएको छ ।
साउन १७ बाट नियमित उडान हुने भएको हो । यसअघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अबदेखि नियमित उडान भर्ने गरी बुद्ध एयरले उडान तालिका सार्वजनिक गरेको हो ।
बुद्ध एअरका अनुसार सातामा तीन उडान नियमित हुने भएको छ ।
आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ । यो जहाज १० बजे बिहान नेपालगन्जबाट पोखरा फिर्ता हुने गरी तालिका सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्