काठमाडौं ।
आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिँदैछन्। उनीसँगै तीन मन्त्रीले पनि सपथ लिनेछन्।
आज गठन हुने मन्त्री परिषद्मा गृह मन्त्रीको रुपमा बालकृष्ण खाँड, अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिने स्रोतले जनाएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटन तथा नयाँ प्रधानमन्त्री चयनलाई असंवैधानिक ठहर्याएपछि देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति निवासमा सपथको तयारी गरिएको छ।
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्