कर्णाली सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



सुर्खेत ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा आज प्रस्तुत हुने भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले प्रदेश सभामा आज बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

‘आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ ।’

सभामुख राजबहादुर शाहीले भने, ‘आज दिउसो दुई बजे बस्ने सभामा उहाँले प्रस्तुत गर्नुहुनेछ । त्यसकालागि आवश्यक तयारी पुरा भएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २९ गते शनिबार