काठमाडौं : सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ करोड पुर्याएको छ।
अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८र७९ को आय(व्यय वक्तव्य सार्वजनिक गर्दै मन्त्रालयको बजेट बढाएको जानकारी दिए।
कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न विभिन्न कार्यक्रम ल्याएको सरकारले स्वास्थ्यको बजेट बढाएको हो। त्यस्तै, उनले काठमाडौंमा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने बताए।
एक सय शय्याभन्दा बढीका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड जोखिम भत्तालाई यथावत्, सातै प्रदेशमा सरुवा रोग अस्पताल तथा स्थानीय तहको स्वास्थ्य अनुदानमा वृद्धि गरिएको छ।










प्रतिक्रिया दिनुहोस्