मुख्यमन्त्री कोहलपुर गोल्डकप : क्वाटरफाइनल समीकरणका खेल पूरा



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

मंगलबार एक खेल सकिएसँगै तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सेमिफाइलको खेल भने बुधबार (आज) देखि सुरु हुनेछ ।

क्वाटरफाइनलको अन्तिम खेल भने मगंलबार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुलबल क्लब सुर्खेतले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार फुटबल क्लब सुर्खेत सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टीमार्फत नतिजा निकालिएको थियो । रोमाञ्चक पेनाल्टीमा अफ्रिकन घाना फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै काँक्रेविहार फुटबल क्लब सुर्खेत सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ, समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी र काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही दाङ र राईनो फुटबल क्लब गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब लखनउ र अफ्रिकन घाना फुटबल क्लब खेलबाट बाहिरिएका छन् । यसअघि पहिलो क्वाटरफाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही दाङलाई पराजित गरेको थियो । दोस्रो क्वाटरफाइनल खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब लखनउलाई पराजित गरेको थियो ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब गण्डकीलाई पराजित गरेको थियो । मुख्यमन्त्री कोहलपुर गोल्डकपको पहिलो सेमिफाइनमा आज दिउँसो आयोजक कोहलपुर रेसिङ साहारा क्लब र प्लानिङ ब्याईज युनाइटेड क्लब काठमाडौबीच खेल हुने खेल संयोजक कर्ण बस्नेतले जानकारी दिएका छन् ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रूपैयाँ र द्वितीय हुने टिमले चार लाख रूपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

घाना फुटबल क्लबमाथि काँक्रेविहारको सनसनीपूर्ण जित 

कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको चौथो दिन अफ्रिकन घाना फुटबल क्लब र कर्णाली प्रदेशको सुर्खेतस्थित कांक्रेविहार फुटबल क्लबबीच प्रतिस्पर्धा भयो । मंगलबारको खेल हेर्न कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा अन्य दिनभन्दा दर्शकहरू उत्साहजनक रूपमा दर्शक सहभागी भएका थिए ।

यसका दुई कारण थिए, गोल्डकपको यो संस्करणमा पहिलोपटक कुनै विदेशी टोली खेल खेल्दै थियो । दोस्रो कारण– कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कांक्रेविहार फुटबल क्लब सुर्खेत । किनकी कोहलपुरमा कर्णालीका नागरिकको उल्लेख्य बसोबास छ । उनीहरू आफ्नो गृह प्रदेशको टिमलाई हौसला बढाउन मैदानमा उपस्थित भएका थिए । खेल अवधिभर कांक्रेविहारको पक्षमा दर्शकहरूको समर्थनले उक्त कुराको पुष्टि पनि ग¥यो ।
अब खेलकै कुरा, यो खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण र विशेष थियो । विशेष यस अर्थमा थियो कि खेल गोल्डकपकै अन्तिम क्वाटरफाइनल खेल थियो । महत्वपूर्ण यस अर्थमा कि खेल जित्ने टोली अर्को चरणमा प्रवेश ग¥थ्र्यो । हार्ने टोली घर ।

दर्शकहरूको उल्लेख्य सहभागी भएको खेल सुरु भयो दिउँसो ठिक ४ः०० बजे । पहिलो हाफको खेल निकै प्रतिस्पर्धात्मक रहयो । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास पनि गरे । तर, गोल भने गर्न सकेनन् । पहिलो हाफ शून्य गोलमै सकियो । दोस्रो हाफको ५१औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लव सुर्खेतले खाता खोल्यो । कांक्रेविहारका लागि जर्सी नम्बर ११ धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । त्यसको छैटौँ मिनेटमा घानाले बराबरी गोल ग¥यो । घानाका युसुफ मलिक बम्देलले ५७औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई खेलमा फर्काए । यस्तै खेलको ७९आँै मिनेटमा घानाका जर्सी नम्बर ८ का अकेन्टो ओपेमी पवेले गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको निर्धारित समयको अन्तिम मिनेटमा गोल व्यहोरेपछि कांक्रेविहारका खेलाडी र समर्थक निरास भए । खेलमा ४ मिनेट अतिरिक्त समय थप भयो । अतिरिक्त समयमा घाना दुर्भाग्यशाली रहयो । खेलको अन्तिम ८४औँ मिनेटमा गोल खान पुग्यो घाना । कांक्रेविहार फुटबल क्लब सुर्खेतलाई सञ्जिवनी बुटी नै दिए जर्सी नम्बर ५ का गणेश पुलामी मगरले । ८४औँ मिनेटमा मगरले गरेको गोल कै कारण घाना स्तब्धपूर्ण रूपमा अंक बाँड्न बाध्य भयो ।

त्यसपछिको पेनाल्टी सुट आउटको त के कुरा, पूरै नाटकीय रूपमा चल्यो पेनाल्टी सुटआउट । पहिलो पेनाल्टी प्रहार गरेर घानाका २१ नम्बर जर्सीका नाबाङको पेनाल्टी कांक्रेविहारका गोलकिपर तिलक खड्काले रोके । उनी यतिमा रोकिएनन् । उनले घानाका १२ नम्बर जर्सीका ओलेओडी ओल्डाओ थोव, यस्तै १८ नम्बर जर्सीका फिजल कोनान र घाना गोलकिपर कुशी किश्टनको प्रहार रोके । यस्तै अफ्रिकन घाना फुटबल क्लबका गोलकिपरले पनि कांक्रेविहारका जर्सी नम्बर ८ का सुदेनविक्रम सिंह, जर्सी नम्बर ३० का नवीन ओली र जर्सी नम्बर ४ का प्रमोद तामाङको प्रहार रोकेका थिए ।

आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका कांक्रेविहारका गोलकिपर खड्काले पनि गोल गरेका थिए । दुवै टोलीका पाँच÷पाँच खेलाडी पेनाल्टी प्रहार गर्दा बराबरी भएपछि सट एण्ड तार्गेटमा स्तब्धपूर्ण रूपमा ५–४ गोल अन्तरले सनसनीपूर्ण जित निकाल्दै कांक्रेविहार सेमिफाइनल प्रवेश गरेको हो । खेलमा म्यान अफ द म्याच कांक्रेविहार फुटबल क्लब सुर्खेतका गोलकिपर तिलक खड्का घोषित भए । उनलाई कोहलपुर–१२ वडाअध्यक्ष वीरेन्द्रकुमार शाह, कोहलपुर–८ का वडाअध्यक्ष लालबहादुर राना, कोहलपुर–५ वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ र प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले संयुक्त रूपमा नगद् पुरस्कार प्रदान गरेका थिए ।

यस्तै आफ्नो टिमलाई उत्कृष्ट खेल प्रदर्शन गरेका गोलकिपर खड्कालाई नेकपा एमालेका नेता सूर्य रोकायाले व्यक्तिगत दुई हजार र खेलप्रेमी मुस्कार किङ शाहीले नगद तीन हजार रूपैयाँ पुरस्कार प्रदान गरेका थिए ।
म्यान अफ द म्याच भएका खड्काले विदेशी टोली र खेलाडीसँग खेल्दा निकै दबाब महशुस गरेको बताए । उनका अनुसार घानाका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । आफूहरूले भाग्यवश जितेको उनको भनाइ थियो । यस्तै कांक्रेविहार फुटबल क्लब सुर्खेतका कोच असिम खड्काले गोल्डकपमा आफूहरूले महत्वपूर्ण जित हासिल गरेको प्रतिक्रिया दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार