आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिन : अर्थमन्त्री



अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका हुन्।

केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४।०१ हुने बताएको थियो। उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए।

यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे। त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ।

मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८।६ प्रतिशतले बढेको छ। आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ।

सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताए।

उनले भने, ुचालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ।ु रासस

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार