नेपालीलाई उत्कृष्ट सदस्य अवार्ड



गण्डकी, जेठ(रासस)

नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गत वर्षदेखि शितरण गर्न सुरु गरिएको हो । पुरस्कारको राशि रु पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहने छ ।

कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो पुरस्कार प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । कोरोना महामारीका कारण पुरस्कार हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिनुभयो । प्रेस युनियनले जेठ १३ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार