सय बढी सैन्य जवान दिक्षित



कोहलपुर, साउन २२
नेपाली सेनाको श्री नं ४ बाहीनी अड्डा ईमाननगर ब्यारेक नेपालगन्जमा सञ्चालित सि.सं. २० औ सैन्य आधारभुत तालीमबाट १३८ जना सैन्य जवान दिक्षित भएका छन् । श्री नं. ४ बाहीनी अड्डाका बाहीनीपति सहायक रथि नवजिव समशेर जवराले आधारभुत सैन्य तालीम पूरा गरेका सैन्य जवानलाई दिक्षित गराएका हुन् । दिक्षान्त समारोहमा बोल्दै श्री नं. ४ बाहीनी अड्डाका बाहीनीपति सहायक रथि नवजिब समशेर जवराले देश तथा बिदेशमा स्वच्छ छबी भएको नेपाली सेना जस्तो गरिमामय संगठनमा आबद्ध भएकोमा खुसी ब्यक्त गर्दै तालीमा पश्चात राष्ट्र जनता र संस्था प्रति बफादार ईमान्दार अनुसासीत र नेपाली सेनाको मुल्य मान्यता र परम्परालाई जोगाउनका लागि देशले मागेको खण्डमा ज्यानको बाजी लगाउन तैयार हुन सक्ने सैन्य जवानहरु तैयार भएको बताए ।
जवराले देशको मेरुदण्ड सेना र सेनाको मेरुदण्ड तालीम प्राप्त अनुसाशित कर्तब्यनिष्ठ सिपाई रहेको बताउँदै यस तथ्यलाई जुनसुकै बेला पनि मनन गर्न निर्देशन दिए । उनले सिपाई बलियो भए मात्र सेना बलियो हुने र सेना बलियो भए मात्र देश बलियो हुने बताउँदै सैनिक जिबनको दौरानमा हरेक सैनिक जवानको मुल्यांकन हुने बताए । दिक्षान्त समारोहमा बाँकेका सुरक्षा अधिकारीहरु बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, भेरी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यात लगायत उच्च पदस्त व्यक्तिहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन २२ गते शनिबार