दोश्रो जुनी पायौं ः चालकदल



केशव राना
कोलहपुर, साउन २१
‘दोश्रो जुनी पाएको झैं भएको छ’ शिक्षण अस्पताल कोहलपुरमा उपचाररत को–पाईलट दाङ्ग तुलसीपुर ११ अस्वारका प्रशान्त शाह (२४) ले भने । पाईलट काठमाडौं ५ जोरपाटीका स्यांग्रे ग्यालेक लामा (एस.जि. लामा) र को–पाईलट प्रशान्त हुम्ला सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि साढे ३ बजे उडेका थिए । मकालु एयरको ‘नाइनएनएकेसी’ विमान ५ मिनेटमै सिमिकोट गाविसको राउटेराना दुर्घटनामा प¥यो । विमान उड्दाउड्दै इन्जिन बन्द भएपछि खोलामा फोर्स ल्याण्डीङ्ग गर्न बाध्य भएको को–पाईलट शाहले बताए । ‘एघार हजार ५ सय फिटको उचाइमा रहेको विमानको एक्कासी इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौँ भएन’ उनले भने ‘सुर्खेत पुग्न पनि समय लाग्ने र सिमिकोट विमानस्थल फर्कन पनि नसक्ने अवस्था भएपछि कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गर्न बाध्य भइयो ।’ फोर्स ल्याण्डिङ्गका क्रममा अगाडिको भाग खोलामा थियो भने पुच्छर नदी किनारमा थियो । दुवैजना केही क्षण बेहोस् भएको पाईलट लामाले बताए । जहाजमा पानी भरिँदै गएपछि पानीको चिसोले होस् उनले उनी  बताउँछन् । नदीमा ल्याण्ड गर्दा दुबैजना बेहोस् भएको बताउँदै केहीबेरमा होस् आएपछि पौडी खेल्दै खोला बाहिर निस्केको उनले बताए ।

IMG_0173

‘इन्जिन बन्द भएपछि स्थितिलाई सुधार्न केही मिनेट प्रयास ग¥यौं, तर सफल भएनौं’ उनले भने ‘आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आएपछि नदी किनारमा अवतरण गरेका हौं ।’ घटना लगत्तै सिमिकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले घाइते चालकको उद्धार गरेको थियो । सिमिकोटमा समान ढुवानी गरेर जहाज सुर्खेत फर्किने क्रममा थियो । दुर्घटनामा दुवै पाइलट सामान्य घाइते भएका छन् । उनीहरुको उपचार कोहलपुर शिक्षण अस्पतालमा भैरहेको छ । यसैबीच घाइते चालक र सहचालकको अवस्थाबारे बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी लिएका छन् । अस्पतालमै पुगेर उनीहरुको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन २१ गते शुक्रबार