प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध



राबन विश्वकर्मा
बाँसगढी, साउन १९
ईलाका प्रशासन कार्यालय बाँसगढीले मापदण्ड भन्दा बाहिरका प्लाष्टिक तथा पोलिथिन झोलाहरु प्रयाग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ । ईलाका प्रशासन कार्यालय बाँसगढीको मंगलबार सूचना जारी गरी मापदण्ड भन्दा बाहिर पलाष्टिक र प्लाष्टिकजन्य झोला प्रयाग नगर्न र नगराउन सरोकार निकाय र सर्वसाधारणलाई अनुरोध गरेको हो । प्लाष्टिक र प्लाष्टिक जन्य झोलाको प्रयागबाट मानव स्वास्थ्य, वातावरण र शहरी शौन्दर्यमा प्रतिकुल असर पर्ने हुदा मापदण्ड भन्दा बाहिरका पोलिथिन झोला प्रयोग नगर्न र नगराउन भनिएको छ । यदि त्यस्तो गरेको वा गराइएको पाइएमा प्रचलित कानुन बमोजिम हुने ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाहीले जानकारी दिए ।
त्यस्तै बाँसगढी नगर क्षेत्र र आसपासका क्षेत्रका समुदायहरुले आफ्नो बारेमा वा कुनै व्यक्ति र संस्थाको बारेमा सुचना, गुनासो वा सोधपुछ भएमा कार्यालयमा सम्पर्क गर्न वा कार्यालय र कार्यालय प्रमुखको नम्बरमा सम्पर्क गर्न पनि सुचना जारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन १९ गते बुधबार