दैलेख – दैलेखको दुल्लु नगरपालिका–३ सियाला नजिक मङ्गलवार (आज) जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।
जीप दुर्घटनामा गोठीचौर गाउँपालिका ४ गर्ज्याङकाेटका जीप चालक ३८ वर्षीय रामहरी न्यौपाने र जीपमा सवार त्यही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप दुर्घटना भएकाे हाे । ब्रेक फेल भइ दुर्घटना भएको अनुमान गरिए पनि घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । साभार उज्यालो
प्रकाशित मिति : २०७८ जेठ ४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्