30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कर्णाली सरकार जोगियो, जम्मा उपस्थिति ३७, पक्षमा २२ मत र विपक्षमा १५ मत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८  

सुर्खेत
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विस्वासको मत पाएका छन् ।

शाही अन्तिम भाग्य रेखाको रुपमा हेरिएको सातौँ अधिवेशनको पहिलो बैठकमा उनले विस्वासको मत पाएका थिए ।

सोही अनुसार उनले मत पाएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा जम्मा २२ मत प्राप्त भयो । प्रदेश सभाको

आजको बैठकमा जम्मा ३७ सदस्य उपस्थित थिए । कर्णांली प्रदेश सभा ४० सदस्यीय छ । एक जना सदस्यको पद खारेज छ । माओबादी नेतृत्वको कर्णाली सरकारले नेपाली काँग्रेसले साथ दिएको हो ।

संसदमा सभामुख सहित २० जना सदस्य सहित एमाले पहिलो पार्टी थियो । तर शाहीको विस्वासको मतको विपक्षमा जम्मा १५ मत मात्रै प्रकट भयो । एमाले कै सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे । अब एमालेको नेतृत्वको सरकार बनाउने अध्याय सकिएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८     5:30:49 PM  |