अन्तक्र्रिया कार्यक्रम सम्पन्न



कोहलपुर, असार२९
यूएनडिपीले सन् २०१६ देखि २०३० सम्मका लागि तय गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि विकासका नवितम् प्रयोगका सन्दर्भमा युवाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । यूएनडिपी नेपाल, नेपाल पत्रकार महासंघ बाँके र बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको संयुक्त आयोजनामा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका युवा विद्यार्थीहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
यूएनडिपीले लिएका १३ वटा लक्ष्यहरुलाई हासिल गर्नका लागि युवाहरुको भूमिका के हुन सक्छ ? भन्ने विषयमा गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै यूएनडिपी नेपालका राष्ट्रिय उपनिर्देशक डा. सोफिइ केम्खिम्फले विकासका लागि युवाहरुमा अब नयाँ चिन्तन हुनु पर्ने बताएकी थिइन् । विकासका लागि नयाँ सोच र नवितम् प्रयोग गरि यूएनडिपीले लिएका १३ वटा लक्ष्यहरु हासिल गर्न संसारभरबाट युवा शक्ति लाग्नु पर्ने बताइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, प्राध्यापक, युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा पनि सो कार्यक्रममा सम्पन्न गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार २९ गते बुधबार