करेन्ट लाग्दा एकको मृत्यु



कोहलपुर असरा २४
करेन्ट लागेर बिहीबार कोहलपुरमा एक व्यक्तिको मृत्यु भएको छ । कोहलपुर ११ पेन्सन क्याम्प नजिकका ५७ वर्षिय नैनसिंह रावलको पर्खालमा रहेको नांगो तारबाट करेन्ट लाग्दा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।  आफ्नै घर बनाउने क्रममा पर्खालमा रहेको नांगो तार छुँदा साँझ साढे ५ बजे करेन्ट लागेको प्रहरीको भनाई छ । करेन्ट लागेर घाइते भएका उनको साढे ६ बजे शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार २४ गते शुक्रबार