30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

‘संघको छातामा सबै व्यवसायीलाई अटाउँछु’: बिष्णु प्रसाद खनाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

भोली फागुन २२ गते शनिवार कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै एउटा प्यानल रहेको छ, बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समावेशी व्यवसायी प्यानल ।

संघमा एकल उपाध्यक्ष हुने बेला तीन पटकसम्म उपाध्यक्ष र एक पटक महासचिव समेत भैसकेका खनालले संघको अध्यक्ष पदको लागि चुनावी मैदानमा छन् । उनी संघको वर्तमान् सल्लाहकार समेत हुन् । प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका उनै खनालसँग संघको निर्वाचन केन्द्रित रहेर कृष्ण ओलीले गरेको कुराकानी ।

१. एकपटक पराजित भइसकेपछि फेरी संघको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?

ड्ड म एकचोटी पराजय त भए । तर पनि मैले व्यवसायीको अपार माया चाँही पाइरहे । म उद्योगी व्यवसायीहरुको लागि जुन उद्देश्यका साथ अघि बढिरहेको छु, उहाँहरुको इच्छा पनि मैले पूरा गर्नुपर्छ ।

अहिलेसम्म २४ वर्षको इतिहासमा समेत मलाई सबैले सहयोग र साथ दिदैं आउनुभयो । अब एकचोटी म पदमा पुगिसकेपछि उहाँहरुलाई समेत मैले एकचोटी साथ दिने हो । त्यसैले यो मेरो उम्मेदवारी व्यवसायीक हकहित र अधिकारका लागि उहाँहरुको अधिकार सुनिश्चिताका लागि हो ।

२. संघको अध्यक्ष पदमा चुनाव जित्ने तपाईका आधारहरु के–के हुन् ?

मेरा जित्ने आधारहरु त घोषणापत्रमा प्रस्ट रुपमा लेखिसकेको छु । मुख्य त अहिले व्यवसायीहरुलाई कर तथा लेखा सम्बन्धी जटिलता छ यसलाई हल गर्नुपर्छ । संघको अधुरो भवन जुन छ, त्यसलाई पूर्णता दिनुपर्छ ।

बजार क्षेत्र विकासमा विशेष जोड दिनुपर्नेछ । कोहलपुर औद्योगिकरणको रुपमा विकास गर्नुपर्नेछ । व्यवसायी तथा घर मालिकबीच देखिएको घरभाडा, करार सम्झौताका कारण हुने समस्या सधैंका लागि हल गर्नको लागि मैले वैज्ञानिक तरिकाले नीति नियम निर्माण गर्नेछु । उद्योग स्थापनाका लागि पूर्वाधार निर्माणमा जोड दिनेछु । यस्ता धेरै मेरा एजेण्डा छन् ।

नेपाली बजारलाई प्राथामिकता दिने, कोहलपुरमा आकाशे पुल निर्माण गर्ने, वेवारिसे अवस्थामा रहेका पार्कहरुलाई व्यवस्थित गर्ने । यी कुराहरुलाई क्रमश आफ्नो कार्यकालमा पूरा गर्नेछु ।

३. तपाईले यसअघि समेत संघको विभिन्न पदमा बसेर काम गरिसक्नुभएको छ ? त्यहाँ बसेर काम गर्दा उद्योगी व्यवसायीहरुका मुख्य–मुख्य समस्याहरु के देख्नुभयो ?

मैले संघमा बस्दा देखेका उद्योगी व्यवसायीका मुख्य समस्याहरु माथि नै भनिसके । आफैंले देखेका समस्याहरु भएका कारणले नै ती कुराहरुलाई मैले अघि सारेको हुँ । मैले संघमा देखेका ती समस्याहरु अहिलेसम्म पूरा भएका छैनन् ।

ती कुराहरु पूरा गर्नको लागि अध्यक्ष पदमा भन्दा तल रहेर पनि पूरा गर्न सम्भव हुँदैन । यी सबै समस्याहरु पूरा गर्नको लागि त संघको अध्यक्ष नै हुनुपर्ने रहेछ । त्यसकारण म संघको नेतृत्वमा नै जान खोजेको हुँ ।

नेतृत्वमा गइसकेपछि व्यवसायीका समस्याहरु पूरा गर्छु । नेतृत्वमा पुगेर मैले अहिलेसम्म अनुभव गरेका कुराहरु देखाउनको लागि जाने हो । मैले अहिलेसम्म अनुभव गरिसकेको छु, अब अनुभव गर्नको लागि नेतृत्वमा जाने होइन काम गर्नको लागि जाने हो ।

४. विकासउन्मुख शहर कोहलपुरमा ठूला व्यवसायी घरानाहरुलाई यहाँ आकर्षण गर्ने तपाईका योजना कस्ता छन् ?

ठूला व्यवसायी उद्योगहरुलाई यहाँ ल्याउनको लागि सुविधा दिन सक्नुपर्छ । सुविधा दिनुप¥यो, ठाउँ बनाइदिनुप¥यो, विद्यूत् आपूर्ती मिलाइदिनुप¥यो यस्ता कुराहरुमा मेरो नेतृत्वले काम गर्छ । यी पुर्वाधारहरु बनाउने कुरामा ध्यान जानेछ । यसको सभ्भावना समेत कोहलपुर क्षेत्रमा रहेको छ । ठूला उद्योग कलकारखाना यहाँ सञ्चालनमा ल्याउने बातावरण बनाउँछौं ।

५. नेतृत्वलाई संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ र आफ्नो व्यापार व्यवसायको फाइदाका लागि मात्र काम गरेको भन्ने आरोप लाग्ने गरेको सुनिन्छ । तपाईहरु पनि चुनाव जितेपछि संस्थागत हितमा काम गर्ने ग्यारेग्टी के छ ?

म जाँदै गर्दाखेरी मैले भोली के गर्छु भन्नेकुरो त स्पस्टै रुपमा राखे । मेरो कुनै स्वार्थ रहँदैन । मेरो स्वार्थको लागि म संघमा जाँदै छैन । मैले केही गर्नको लागि नेतृत्वमा जाँदै छु ।

यसमा ढुक्क भए हुन्छ की बिष्णु खनालले त्यहाँ गएर कुनै स्वार्थ लिन खोजेकी भन्ने कुरो कसैले कल्पना पनि नगरे हुन्छ । स्वार्थको लागि होइन, मैले केही गरेर देखाउन कै लागि हो । त्यसकारणले गर्दा हिजो कसले के गरे कसो गरे भन्ने प्रश्नको उत्तर मैले दिन चाँहि
मिल्दैन । निर्वाचन जितेपछि पनि मेरो व्यक्तिगत स्वार्थ केही रहदैन ।

६. त्यसो भए तपाई उद्योगी र व्यवसायीहरुकै हकहितमा काम गर्नुहुन्छ ?

२४ वर्षसम्म त संघमा लागे त, मेरो स्वार्थ कही कसैले देख्यो । म हार जितलाई स्वीकार गर्दै म संघको संस्थापक रहेको हिसाबले गर्दाखेरी पनि अनवरत् रुपमा अगाडि बढिरहे ।

की यो संस्था जहिले जन्मियो त्यसबेलादेखि नै मलाई यो संस्थामा केही गर्नुछ भनेर फिल भएको थियो । त्यो ठाउँमा संस्थामा नपुग्दासम्म म २४ वर्षसम्म लागे । अब मैले केही जुन कामहरु गर्न बाँकी छन् ती कामहरु गरेर देखाउनको लागि पनि यो अन्तिम पटक एकपटक भोट दिनुहोस् त भनेर व्यवसायी साथिहरुलाई भनेको छु ।

७. खासगरी साना उद्योगी व्यवसायीलाई बैंकबाट ऋण पाउन गाह्रो हुने गरेको पाइन्छ ? यसको सहजिकरणको लागि तपाईका योजना कस्ता छन् ?

यो मैले गर्ने काम नभएपनि एकदमै समन्वय र सहकार्य गर्न भने सक्छु । स्थानीय सरकारले गर्ने काम नभएकाले केन्द्रमा समेत मेरो पनि पहुँच पुग्ने भएकाले कसरी हुन्छ हल गर्नेतर्फ लाग्नेछु ।

ब्याजदरको कुरा मात्र होइन हिजो कोरोनाका बेला समेत सरकारले अरबौं खर्बौ रुपैयाँ खर्च ग¥यो । व्यवसायीहरुले भने केही राहत पाउन सकेनन् । घरभाडा, ब्याजदर छुट लगायतका कुरा भएपनि व्यवसायीहरुले पाउन सकेनन् । यस कुरामा मेरो निरन्तर पहल हुन्छ ।

८. कोहलपुरको विकासको लागि तपाईले निर्वाचन जितेमा सरोकारवालासँग मिलेर संघले कसरी काम गर्छ ?

विकासकै लागि भनेर मसँग त्यस्तो खालको बजेट हुँदैन । कहीबाट अनुदान आउने पनि होइन, सरकारी बजेट पनि आउँदैन । उद्योग बाणिज्य संघले त्यही व्यवसायीबाट सानो–सानो रकम लिएर व्यवसायी हकहितका लागि काम गर्दै अघि बढ्ने हो ।

तर म सहकार्य गरेर अगाडि बढ्नसक्ने व्यक्ति हुँ । त्यसकारणले गर्दा मैले स्थानीय सरकारसँग सहकार्य गरेर कोहलपुरको विकासको लागि अगाडि बढ्छु ।

हामीले त कोहलपुर क्षेत्रको कुन स्थानमा के गर्दाखेरी राम्रो हुन्छ भनेर योजना दिने हो, सहकार्य गरेर अगाडि बढ्ने हो । कोहलपुरको बंैक रोडको अगाडि जुन खाली स्थान छ, त्यसमा संघकै लगानीमा एउटा आधुनिक खालको पार्क बनाउने योजना बनाएको छु । त्यसको नाम बाणिज्य पार्क रहन्छ ।

त्यो कस्तो खालको बन्छ भन्दाखेरी मानिसहरु आएर रेस्ट, बस्ने, भेटघाट गर्ने ठाउँ हुन्छ । यस्ता योजनाहरु मसँग थुप्रै छन् । एक पटकको लागि संघको नेतृत्वमा म त्यहाँ पुग्नुपर्छ । केही न केही गर्ने मेरो सोच छ ।

मैले अहिलेसम्म गरेका अनुभवका कुराहरु छन्, मलाई एकपटक काम गर्ने मौका दिनुहोस् । त्यसै भएर यस पछाडी म उम्मेदवार पनि होइन् । अन्तिम एकपटक मलाई भोट दिनुहोस् न त भनेर म अगाडि बढेको हुँ ।

९. तीन वटा प्रदेशको केन्द्रमा रहेको संघलाई सबैको साझा संघ बनाउने तपाईका एजेण्डा के–के हुन् ?

हाम्रो वर्ग भनेको बस्तुगत हो । जस्तै घरेलु महासंघ छ । घरेलु महासंघ भनेको स्वतन्त्र हो, उद्योग बाणिज्य संघसँग नआएपनि घरेलु महासंघलाई केही पनि हुँदैन ।

उसको आफ्नै महासंघ छ, आफ्नै परिधि छ, आप्mनै नियम छ । त्यस्तै संघ हाम्रो पनि हो । अर्को होटल महासंघ पनि छ । उहाँहरु पनि अहिले उद्योग बाणिज्य संघमा आउनुभएको छैन ।

उहाँहरु बस्तुगत बन्न त मिल्छ तर उहाँहरु आउनुभएको छैन । अहिले कोहलपुर उद्योग बाणिज्य संघमा ११ वटा बस्तुगत संघहरु दर्ता हुनुभएको छ ।

अहिले संघमा दर्ता नहुनुभएका अन्य बस्तुगत संघलाई समेत समन्वय र सहकार्य गरेर एउटै छातामा अटाउनेछु । कुन प्रकृतिको व्यवसाय कहाँ जाने स्पस्ट बनाइदिन्छु । सबै बस्तुगतसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नेछु । कतीपय बस्तुगतहरुको भवन नै छैन, कतीपय बस्तुगतको कार्यालय नै छैन । उहाँहरु बाहिर बस्नुपर्ने छैन ।

उहाँहरुलाई त्यही उद्योग बाणिज्य संघभित्रै अट्ने बनाइदिन्छु । उद्योग बाणिज्य संघ नै उहाँहरुको हो के मैले त्यसरी नै उहाँहरुलाई बुझाएको छु ।

१०. अन्तमा आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

ड्ड मलाई र मेरो साझा समावेशी व्यवसायी प्यानलका उम्मेदारहरुलाई जिताउनुहोस् । व्यवसायीहरुलाई जुन किसिमका समस्याहरु छन् । व्यवसायीहरुलाई जुन काम गर्नुपरेको छ त्यो काम म गर्छु । २२ गते शनिबार हुने निर्वाचनमा सम्पूर्ण जे जती व्यवसायी हुनुहुन्छ ।

व्यवसाय भनेकोे तेरो र मेरो हुन्न । जो उद्योग बाणिज्य संघमा दर्ता हुनुभएको छ, उहाँहरुलाई म के अनुरोध गर्छु त भन्दा अन्तिम एकपटकको लागि म र मेरो प्यानलका उम्मेदवारहरुलाई भोट दिएर जिताउनुहोस् । के हो त व्यवसायीहरुको हकहित र अधिकारको लागि के गर्नुपर्ने रहेछ त भनेर मैले गरेर देखाउँछु । धन्यवाद ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     8:56:32 AM  |