गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्नुभएको छ । गायक तथा संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आउनुभएकी अञ्जुले पत्रकार थीर कोइरालासँग विवाह गर्नुभएको हो ।
उहाँले बुधबार कोइरालासँग बिहे गर्नुभएको हो । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको अञ्जु र थिरले ललितपुरको पाटनस्थित एक चर्चमा विवाह गरेको बताइएको छ ।
गायिका अञ्जुले विवाहमा लगाएको लुगामै बनाइएको टिकटक फेसबुकमा सार्वजनिक गर्नुभएको छ ।
गायिका अञ्जुको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि उहाँ छोरी परितोशिकासँग बस्दै आउनुभएको थियो ।
छोरी परितोशिकाका कारण आफूले विवाह गरेको उहाँले बताउँदै आउनुभएको छ । आफूले विवाह गरेर गएपछि आमा एक्लै हुने पीरले छोरी परितोशिकाले अन्जुलाई विवाहको दबाब दिंदै आएको बताईन्छ । करिब ८ बर्ष अगाडी एक अन्तर्वाताको क्रममा थीरसँग भेट भएको बताउने अन्जुले ४ बर्षदेखि भने एकअर्काबीच राम्रोसँग चिनजान हुन थालेको बताउनुभयो ।संचार गृह









प्रतिक्रिया दिनुहोस्