
वीरेन्द्रनगर ।
हुलाक निर्देशनालय सुर्खेतको आयोजनामा असार १३ र १४ गते कर्णाली प्रदेशस्थित जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत तथा हुलाक निर्देशनालय सुर्खेत र मातहतका स्थानीय तह हुलाक कार्यालयहरूमा कार्यरत सहायक स्तरका कर्मचारीहरूका लागि प्रशिक्षण दिइएको छ ।
बदलिँदो परिवेशमा नागरिकका घरदैलोमा सेवा प्रवाह गर्नका लागि सहजीकरण गर्न, कर्मचारी क्षमता विकास गर्न पुनर्ताजगी प्रशिक्षण कार्यक्रमको अयोजना गरिएको हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।
करिब ५० जना कर्मचारीहरूको सहभागिता रहेको उक्त प्रशिक्षणमा हुलाक निर्देशक पाण्डे, सुर्खेतका प्रमुख कोष नियन्त्रक मदन मगराती, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव सुरेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सामजिक विकास मन्त्रालयका आयुर्वेदिक चिकित्सक डा. शकर रिजाल, हुलाक निर्देशनाय सुर्खेतका शाखा अधिकृत सुनिताकुमारी खत्री, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणी रेग्मी तथा जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत निर्मला थापाले सहभागीहरूलाई हुलाक सेवाको व्यवसायीकरण, प्रविधिको प्रयोग, नागरिकको घरदैलेमा हुलाक सेवा, सकारात्क सोच उत्प्रेरणा परिवर्तन व्यवस्थापन, जनसम्पर्क समन्वय लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्