कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले गत १० दिनको लकडान पश्चात केही खुकुलो गर्ने निर्णय गरेको छ ।
बुधबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैंठकबाट कोहलपुरमा केही खुकुलो गर्ने निर्णय गरेको हो ।
कोहलपुर नगरपालिकामा रहेका उद्योग वाणिज्य संघ, घरेलु महासंघ, कपडा व्यवसायी संघ र इलेक्ट्रोनिक व्यवसायी संघ, कोहलपुर बैंकर्सका प्रतिनिधिहरुले बनाएको कार्यतालिका अनुसार बैंकदेखि पसलहरु समेत खुल्ने कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् ।
अहिले कार्यातालिका बनाउन लागिरहेको कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत छविलाल नेपालीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ भदौ १० गते बुधबार








प्रतिक्रिया दिनुहोस्