सुर्खेत :
आज कर्णाली प्रदेश स्थापना भएको दिन ।
पाँच वर्ष अघि आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको थियो ।
प्रदेश सरकार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णालीवासीलाई घरघरमा दीपावली गर्न कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ।
‘प्रदेश स्थापना दिवस तथा सहिद दिवस’का अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्त भएको ऐतिहासिक दिनलाई सरकारी कार्यालय र घरघरमा दीपावली गरेर खुसीयाली मनाउन मनाउन आग्रह गरेका हुन्।
कोभिड– १९ ले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था हाम्रा सामु छैन, त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रमहरु गरी यो दिवस मनाउन आग्रह गर्छु,” मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
संघीय संरचना निर्माणका क्रममा कर्णाली र सुदूरपश्चिम एउटै प्रदेशको रुपमा कायम गरिएपछि त्यसको विरोधमा कर्णाली छुट्टै प्रदेश हुनुपर्ने माग गरी १३ आन्दोलन चलेको थियो। उक्त आन्दोलनमा चार जनाको ज्यान गएको थियो।














प्रतिक्रिया दिनुहोस्