सुर्खेत :
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार देखि निषेधाज्ञा जारी गरिने भएको छ ।
कोरोनाको बढ्दो संक्रमण र तीज पर्वको माहोललाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिए
को हो । जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरमा शुक्रबारसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा कार्यरत विभिन्न व्यक्तिहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म सुर्खेतमा ६ सय ३३ जनामा संक्रमण देखिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भदौ १ गते सोमबारदेखि भदौ १५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
उनका अनुसार अत्यावश्यक खाद्यवस्तुका पसल बिहान ६ देखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउनेछन् ।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्