जुम्ली स्वयंसेवि समूहद्धारा विपन्नलाई राहत वितरण



जुम्ला  :

जुम्ली स्वयंसेवि समूहले जिल्लामा रहेका विभिन्न विपन्न व्यक्तिहरुलाई राहत वितरण गरेको छ ।

समूहले शुक्रबार चन्दननाथ नगरपालिकाका विभिन्न वडाका नागरिकलाई राहत वितरण गरेको हो ।

कुल ११ जना विपन्न नागरिकलाई राहत वितरण गरिएको जुम्ली स्वयंसेवि समूहका अभियान्ता हरिश रोकायाले जानकारी दिए ।

उनका अनुसार चन्ददनाथ नगरपालिका वडा नम्कर वडा ५ का ९ जना, ६ का १ जना र वडा न १ का १ जनालाई राहत वितरण गरिएको हो ।

उनीहरुले चामल २५ के. जि. सोना मनसुली चिनी १ के.जि.तेल १ लिटर वितरण गरिएको उनले बताए ।

यसैगरी जुम्ला बजारमा रहेका विभिन्न व्यक्तिहरुलाई ५,५ वटा सर्जिकल मास्क बितरण गरिएको अभियान्ता रोकायाले जानकारी दिए ।

सैगरी चन्दननाथ नगरपालिका वडा नम्बर १ महताराबाडा बस्ने अज बहादुर महतारालाई घरको छानो भत्किएको र सुरक्षाका लागि ठूलो पाल पनि सहयोग गरिएको उनको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार