नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले बाहिरी जिल्लाबाट आई दैनिक ज्याला मजदुरी गर्ने विपन्न घर परिवार र व्यक्तिलाई सहयोग सुरु गरेको छ ।
सरकारले घोषणा गरेको लकडाउनका कारण आप्mनो घरसम्म पुग्न नपाएका र नेपालगञ्जमा समस्या परेका व्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सहयोग सुरु गरिएको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जानकारी
दिए ।
विपन्न व्यक्तिहरुलाई प्रारम्भिक राहत स्वरुप ५ किलो चामल र एक किलो दाल उप–महानगरपालिकाले सहयोग स्वरुप उपलब्ध गराइएको हो । उप–महानगरपालिकाले बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरुलाई समेत सहयोग सुरु गरेको छ । परिचयपत्रका आधारमा पाँच किलो चामल र एक किलो दाल सहयोग गरिएको हो ।
अति विपन्न ब्यक्तिलाई आज सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म उप–महानगरपालिकामा राहत वितरण गरिने बताइएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका उप–प्रमुख उमा थापामगरले विपन्न घर परिवार लकडाउनका कारण समस्यामा परेका कारण उप–महानगरपालिकाले सहयोग गरिरहेको बताइन् ।
नेपालगञ्जका २३ वटै वडामा वडा कार्यालय मार्फत विपन्न घर परिवारलाई राहत उपलब्ध भईरहेको छ ।









प्रतिक्रिया दिनुहोस्