काठमाडौँ ।
भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरू गरेको छ ।
यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।
ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्नेछ । ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको भायानेटले यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने विश्वास लिएको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार









प्रतिक्रिया दिनुहोस्