लगत संकलनपछि राहात वितरण हुन्छ : नगरप्रमुख रावत



कोहलपुर :

बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले नगर क्षेत्रमा रहेका विपन्नहरुको लागत संकलन गरिरहेको बताएका
छन् ।

उनले सरकारले आह्वान गरेको लकडाउनका कारण मारमा परेका विपन्नहरुको लागि राहात संकलनको लागि लगत संकलन भइरहेको बताएका छन् ।

नगर क्षेत्रमा दैनिक ज्यालादारी गर्ने विपन्नहरुलाई राहात वितरण गर्नको लागि १५ वटै वडामा विपन्नहरुको संख्या एकिन गर्ने काम भइरहेको उनले बताए ।

लागत संकलन पछि आर्थिक रुपमा विपन्नहरुलाई राहात वितरण गरिने उनको भनाई छ ।

‘संकलन कार्य भइरहेको छ, भोली सम्म सकिन्छ होला’ उनले भने, ‘त्यस पछि सम्पूर्ण वडामा राहात वितरण गर्छौ ।’

लक डाउनका कारण नगरपालिकामा रहेका विपन्न, सुकुम्बासीहरुलाई जीवन जिउन कठिन भइरहेको छ नी भन्ने क भन्ने प्रश्नमा प्रमुख रावतले सबैलाई घर घरमा गएर सहयोग गनए सम्भव नभएएको भन्दै नगरपालिकाले विपन्नहरुलाई सक्दो सहयोग गरिरहेको जानकारी दिए ।

कोहलपुर नगरपालिकाले ३२ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । यस्तै कोहलपुरमा विभिन्न व्यक्ति तथा सस्थाहरुले कोरोनाको मारमा परेकाहरुलाई सहयोग गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार