कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मृत्यु भएकी बटाला ‘अनमी’



कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका, ११ दशविगाह नजिक एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भिर घाइते भएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र दक्षिणबाट उत्तरतर्फ भइरहेको से ५ प ४८४ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडी बसेकी कालिकोट सान्नि त्रिवेणी गाउँपालिका ९ घर भएकी २८ वर्षिया शोभा बटाला रहेकी छिन् ।

उनी बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत रहेको बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिए । उनका अनुसार उनी ड्युटीमा आउँदै गर्दा दुर्घटनामा परेकी हुन् ।

मोटरसाइकल चालक ५२ वर्षिय दण्डविक्रम विष्ट गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

सामान्य घाइते भएका एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ बर्दियाका राम बहादुर थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार