कोहलपुर कौशिलानगरका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’



कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका एक युवाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोहलपुर, १ कौशिलानगरका उक्त युवाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सञ्चालन गरेको ज्वरो फिबर क्याम्पमार्फत नमुना परिक्षण गर्दा कोरोना ‘नेगेटिभ’ देखिएको अस्पतालका सहायक निर्देशक डा. दिनेश चन्दले बताए ।

उनी केही दिनअघि भारतको गुजरातबाट नेपाल आएका थिए । घर आएलगत्तै होम क्वारेन्टाईनमा बस्दै आएका युवाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि काठमाडौं पठाईएको थियो ।

मेडिकल कलेज कोहलपुरमा हालसम्म कोरोना संक्रमणको आशंकामा एक जना ब्यक्तिको मात्र नमुना संकलन गरीएको चन्दले जानकारी
दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार