बाँकेका २३ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’



नेपालगन्जस्थित क्‍वारेन्टाइनमा रहेका १० जनाको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको छ।

यसअघि १३ चैतमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको ६ जनाको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको थियो। जिल्ला स्वास्थ्य कार्यालयले यसअघि २, ८ र १२ चैतमा पनि पठाएको सात जनाको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको थियो।

‘बाँकेबाट २३ जनाको थ्रोड स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो, ती सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत धीरजंग शाहले भने, ‘रिपोर्ट शतप्रतिशत नेगेटिभ आएको छ, यसले धेरै राहत मिलेको छ।’

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार